#
#
Government of Nepal

Category 'A' Laboratory

#
Covid-19

Covid-19 Molecular Lab

Show

Show

Show

कोरोना परीक्षण(Covid-19) प्रयोगशाला बिस्तार हुने

Home / BLOG DETAIL / कोरोना परीक्षण(Covid-19) प्रयोगशाला बिस्तार हुने
#
13
Dec

कोरोना परीक्षण(Covid-19) प्रयोगशाला बिस्तार हुने

हाल संचालनमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रत्येक दिन १० वटा मात्र कोरोना परीक्षण हुदै आएकोमा आज नेसनल प्याथ ल्याबले WHO  र FDA, USA बाट प्रमाणित उच्च क्षमताको Real Time PCR मेसिन सामाजिक बिकाश मन्त्रालय प्रदेश न. ५ मार्फत सामजिक विकास मन्त्रि माननीय श्री सुदर्शन बरालको रोहबरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला लाइ हस्तान्तरण गरे संगै अब प्रत्येक दिन २५० वटा सम्म कोरोना परीक्षण गर्न सकिने छ |

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट ‘’क’’ बर्ग मा सुचिकृत नेशनल प्याथ ल्याब संग कोरोना परीक्षणगर्ने सम्पूर्ण आवश्यक मेसिन, जनशक्ति तथा अन्य उपकरणहरु उपलब्ध रहेको भए तापनि निजि प्रयोगशाला हरुलाई कोरोना परीक्षणगर्न अनुमति नदिएको अवस्थामा नेशनल प्याथ ल्याबले कोरोना महामारी संग लड्न, छोटो समयमा धेरै भन्दा धेरै परीक्षण होस् भन्ने उदेश्यका साथ् संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सहयोग गरिएको हो | 

 

बिगत ३ हप्ता यता विदेशबाट आएका प्रत्येक व्यक्ति र उनीहरुको भौतिक सम्पर्कमा रहेका साथीभाई तथा आफन्तको साथसाथै शंकास्पद बिरामीको प्रयोगशाला परीक्षणअति अपरीहार्य रहेको अवस्थामा नेशनल प्याथ ल्याब संग रहेको कोरोना परीक्षणपनि गर्न मिल्ने उक्त मेसिन  प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाइ दिईएको छ |

 

यस विषम परिस्थितिमा सरकारले आवश्यक ठानेको अवस्थामा यस नेसनल प्याथ ल्याबले कोरोना नियन्त्रण अभियानमा थप सहकार्य गरेर जान पनी तयार रहेको र महामारी नियन्त्रण गर्नु सबै निजी तथा सरकारी सस्थाहरुको साझा दायीत्वको रुपमा लिइएको छ |

tags:

Popular Posts

#
Everyone Should Know About Breast Cancer.
Dec 13, 2020
#
Covid-19
Dec 13, 2020
#
कोरोना परीक्षण(Covid-19) प्रयोगशाला बिस्तार हुने
Dec 13, 2020
#
नेसनल प्याथ ल्याब बुटवलले पिसिआर परीक्षणको अनुमति पायो
Dec 13, 2020

Follow Us